काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिने भएको छ ।
आज दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
६९ वर्षीय दाहालको आज बिहान कार्डियाक अरेस्टका कारण निधन भएको हो । अन्तिम संस्कार अघि दाहालको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि ११ देखि १ बजेसम्म नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिनेछ ।




प्रतिक्रिया