अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिरहामा प्रहरी जवानलाई नै ११ घन्टासम्म बाँधेर दिइयो यातना

सिरहामा प्रहरी जवानलाई नै ११ घन्टासम्म बाँधेर दिइयो यातना


सिरहा-जनताको जीन धनको सुरक्षाको जिम्मा पाएको नेपाल प्रहरीका एक जवानलाई नै कार्यालय प्रमुखले चरम यातना दिएको तथ्य बाहिर आएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई हातखुट्टा बाँधेर ११ घण्टासम्म चरम यातना दिएको भिडियो सार्वजनिक भएको छ । रायलाई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) हेमन्त राईले यातना दिएका हुन् ।

इन्स्पेक्टर राईकै कमाण्डमा प्रहरी जवान रायलाई निरन्तर अधिक ड्युटी गराएपछि हबल्दारसँग गुनासो पोखेको भन्दै यातना दिइएको हो । प्रहरी स्रोतका अनुसार हबल्दारको सल्लाहअनुसार पीडित राय इन्स्पेक्टर राईसँग गुनासो गर्न गएका थिए ।

सो क्रममा इन्स्पेक्टर राईले तथानाम,अभद्र गाली गलौज गरेपछि आक्रोशित भएका रायले समेत इन्स्पेक्टरसँग मुखामुख गरेका थिए । मुखामुख गरेकै कारण रायलाई हातखुट्टा बाँधेर ११ घण्टासम्म यातना दिएको बताइएको छ ।