अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी सरकारविरुद्ध एमालेले हालेको रिटको सुनुवाइ सकियो

कोशी सरकारविरुद्ध एमालेले हालेको रिटको सुनुवाइ सकियो

आजै आदेश आउने


विराटनगर-कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाको नियुक्तिको विषयमा नेकपा एमालेले दायर गरेको रिटमाथिको सुनुवाइ सकिएको छ। सर्वोच्च अदालतमा न्यायधीश सपना मल्लको इजलासमा सुनुवाइ सुनुवाइ सकिएको हो ।

उक्त रिटमाथिको आदेश पनि आजै आउने बताइएको छ। प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापाको नियुक्तिको विषयमा नेकपा एमालेले दायर गरेको रिटमाथि सुनुवाइ सकिएको एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेबतीरमण भण्डारीले जानकारी दिनु भयो ।

लगातार तीन दिन पेसी तोकिएर पनि हेर्न नभ्याइनेमा राखिएको मुद्दा आज सपना मल्लको इजलासमा परेको थियो । आजको सुनुवाइमा वरिष्ठ अधिवक्ता सतिस कृष्ण खरेल, बावुराम दाहाल, कृष्ण भक्त पोखरेल डा सुरेन्द्र भण्डारी र केदार दाहालले बहस गरेका थिए ।