अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सीता दाहालको निधनप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त

सीता दाहालको निधनप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा दुःख व्यक्त


काठमाडौं-पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनप्रति दुःख प्रकट गर्नुभएकोछ। दाहालको निधनको खबरले स्तब्ध भएको बताउँदै उहाँले दिंवगत दाहालप्रति श्रदाञ्जली व्यक्त गर्नुभएको छ। पूर्वराष्ट्रपति भण्डारीले शोकाकुल परिवार जनमा गहिरो समबेदना प्रकट गर्नुभएको छ।

भण्डारीले ट्वीट गर्नुहुँदै लेख्नुभएको छ, ‘प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसंगिनी सीता दाहालको निधनको खबरले स्तब्ध भएकी छु। म दिवंगत सीता दाहालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु। प्रधानमन्त्री प्रचण्ड, छोरीहरु (रेणु,गंगा) सहित शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’

दाहालको ६९ वर्षको उमेरमा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। दाहाल लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित हुनुहुन्थ्यो।

Skip This