काठमाडौँ-काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालकी आमा सिता दाहालको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ।
बुधबारबा सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै मेयर दाहालसहित शोकाकुल परिवारमा समवेदना प्रकट गर्नु भएको हो ।
मेयर शाह लेख्नुहुन्छ, ‘सम्माननीय प्रधानमन्त्री समेत रहनु भएका तपाईंका पिताले सहयात्री, जिवनसंगी गुमाउनु भएको अवस्थामा तपाईँले परिवारमा अभिभावकत्व ग्रहण गर्दै सबैलाई सम्हाल्न सक्ने क्षमता प्राप्त होस् भन्ने कामना गर्दछु।’
दाहालको ६९ वर्षको उमेरमा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। दाहाल लामो समयदेखि पार्किन्सनलगायत रोगबाट पीडित हुनुहुन्थ्यो।







प्रतिक्रिया