काठमाडौँ-मधेस र कोशी प्रदेश भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनुषा, बारा, पर्सा जिल्लाका धेरै स्थानमा भारी वर्षा भइरहेको हो ।
झापाको अनारमनीमा पछिल्लो २४ घण्टामा १ सय ७९ मिलिमिटर वर्षा मापन गरिएको छ । त्यस्तै चन्द्रगढी विमानस्थल आसपासका क्षेत्रमा १ सय ४१.६ मिलिमिटर वर्षा भएको छ। धरानको सुनसरी आसपासमा १ सय ५६.४ मिलिमिटर पानी परेको मान गरिएको छ। यता बाराको निजगढ क्षेत्रमा पछिल्लो २४ घण्टामा १ सय २९.६ मिलिमिटर पानी परेको छ। यी जिल्लाका साना खोलामा आकस्मिक बाढी आउन सक्ने जोखिम रहेको महाशाखाले जनाएको छ ।
नदी तटीय क्षेत्र र डुबान हुने स्थानमा सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।




प्रतिक्रिया