काठमाडौँ-दक्षिण तथा मध्य एशिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु भोलि (शुक्रबार) नेपाल आउँदै हुनुहुन्छ।नेपालस्थित अमेरिकी दूतावासका अनुसार सहायक विदेशमन्त्री डोनाल्ड शुक्रबार (जुलाई १४) नेपाल भ्रमणमा आउन लाग्नु भएको हो।
नेपाल भ्रमणका क्रममा मन्त्री डोनाल्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम छ । उहाँले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थाका प्रतिनिधिसँग पनि भेटघाट गर्ने जनाइएको छ।
डोनाल्ड केही दिनदेखि भारत, बङ्गलादेश र श्रीलंकाको भ्रमणमा निस्केका छन्। सोही क्रममा उहाँ नेपाल आउन लागेको बताइएको छ। नेपालका लागि उहाँको यो तेस्रो भ्रमण हो । यसअघि उहाँ २०७९ साउन १२ गते तीन दिने नेपाल भ्रमणमा आउनु भएको थियो।
लु सन २०२१ को १५ सेप्टेम्बरदेखि अमेरिकी विदेश मन्त्रालयको दक्षिण र मध्य एशियाली मामिला ब्यूरोमा सहायक विदेशमन्त्री नियुक्त हुनु भएकाे थियो ।






प्रतिक्रिया