काठमाडौँ-फ्राइडे रिलिज अन्तर्गत आज दुईवटा नेपाली चलचित्र रिलिज भएका छन् । चलचित्र ‘बगान’ र ‘बिहे पास’ आजबाट प्रदर्शनमा आएका हुन् ।
‘बगान’ अभिनेता सरोज खनालले निर्देशन गरेका छन् । यसमा करिष्मा मानन्धरको मुख्य भूमिका छ ।
एकल महिलाको कथामा आधारित यो चलचित्रमा प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्माको पनि अभिनय रहेको छ । करिष्माको अपोजिटमा सरोज स्वयं छन् ।
आजैबाट प्रदर्शनमा आएको ‘बिहे पास’ पुनः रिलिज भएको हो ।
दयाहाङ राई र प्रकृति श्रेष्ठ मुख्य भूमिकामा रहेको चलचित्र यसअघि नयाँ वर्षको छेको पारेर वैशाख १ गते रिलिज भएको थियो ।
तर, त्यही दिन दयाहाङ नै मुख्य भूमिकामा रहेको अर्को चलचित्र ‘जारी’ पनि रिलिज भएको थियो । ‘जारी’को छायामा ‘बिहे पास’ पर्दा यसले उत्साहजनक बक्सअफिस कलेक्सन गर्न सकेको थिएन ।
‘बिहे पास’लाई प्रवेश पौडेलले निर्देशन गरेका छन् ।






प्रतिक्रिया