काठमाडौं राष्ट्रिय सभामा विद्युतीय व्यापार विधेयकको सैद्धान्तिक छलफलमा उद्योग मन्त्री रमेश रिजाल र सांसदहरूले उल्टो धारणा राखेको विषय लज्जास्पद भएको नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले बताउनु भएको छ।
शुक्रबार सिंहदरबारमा पत्रकारहरूसँग बोल्दै उहाँले यसका लागि मन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने बताउनु भयो।
बिहीबार राष्ट्रियसभामा विद्युतीय व्यापार विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफल हुँदा सदस्यहरुले बिजुली व्यापारको विषयमा बहस गरेका थिए ।
‘यो हामी सबैका लागि लज्जास्पद कुरा हो’, नेम्वाङले भन्नुभयो, ‘सरकार साह्रै लज्जास्पद भएकाले सम्बन्धित मन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्छ।’
नेम्वाङले विषयवस्तु बाहिर गएर बोलेको अवस्थामा बैठकको अध्यक्षता गर्ने व्यक्तिले रोक्ने व्यवस्था नियमावलीमा रहेको बताउनु भयो।




प्रतिक्रिया