अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घुन्सा हेलिकप्टर दुर्घटनाका २४ मृतकको सम्झनामा अर्धकदको शालिक

घुन्सा हेलिकप्टर दुर्घटनाका २४ मृतकको सम्झनामा अर्धकदको शालिक


ताप्लेजुङ-ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका तत्कालीन वन राज्यमन्त्री गोपाल राईसहित २४ जनाको सम्झनामा अर्धकदको शालिक निर्माण गरिएको छ।

वि.सं. २०६३ असोज ७ गते घुन्सास्थित फले पहाडमा भएको उक्त दुर्घटनामा वन राज्यमन्त्री राईसहित संरक्षणविद्, भूगोलविद् तथा अन्य व्यक्तिहरूले ज्यान गुमाएका थिए।

विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालद्वारा आयोजित कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण कार्यक्रममा सहभागी भएर फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परेको थियो।

दुर्घटनामा प्रख्यात भूगोलविद् डा. हर्क गुरुङ र संरक्षणविद् डा. तीर्थमान मास्केसहित २४ जनाको मृत्यु भएको थियो।

उक्त शालिकले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिहरूको योगदान र स्मृतिलाई जीवन्त राख्ने विश्वास गरिएको छ।