अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल टेलिकमले ल्यायो समर अफर, कस्ता ग्राहकलाई कुन सुविधा ?

नेपाल टेलिकमले ल्यायो समर अफर, कस्ता ग्राहकलाई कुन सुविधा ?


काठमाडौं-नेपाल टेलिकमले आफ्ना ग्राहकहरूको सुविधाका लागि विभिन्न प्याकेज समेटिएको समर अफर ल्याएको छ।

टेलिकमले २०८० असार २९ गतेदेखि लागू हुने गरी उक्त योजना सार्वजनिक गरेको हो। यसमा सेवाग्राहीको रुची र चाहना बमोजिम केही नयाँ प्याकेजसहितका अफरहरु उपलब्ध गराइएको छ।

त्यसैगरी एफटीटीएच, नमस्ते वाईफाई, सीयूजी लगायत विभिन्न भ्वाइस तथा डाटा प्याकेजहरुलाई थप आकर्षक बनाइएको छ।

समर अफर अन्तर्गत उपलब्ध प्याकहरू

 अल टाइम डाटा प्याक अन्तर्गत रु. ५०० मा २८ दिनसम्म प्रयोग गर्न सकिने १२ जीबी डाटा प्याक उपलब्ध भइरहेकोमा अब २० जीबी र रु. ८०० मा २५ जीबी उपलब्ध भइरहेकोमा अब ३५ जीबी डाटा प्याक उपलब्ध हुनेछ।

प्रिपेड सस्तो कम्बो प्याक अन्तर्गत सस्तो कम्बो २९९ प्याकमा १५० मिनेट अन नेट भ्वाइस कल, २ जीबी डाटा र २० एसएमएसको सुविधा उपलब्ध भइरहेकोमा अब सोही मूल्यमा २ जीबीको सट्टा ४ जीबी डाटा उपलब्ध हुने छ।

Skip This