जनकपुरधाम-सप्तरीमा नेकपा एमालेका नेताहरु सवार गाडी दुर्घटनामा परेको छ। गाडी गाडी पल्टिदा पाँच नेता घाइते भएका हुन् ।
प्रहरीका अनुसार एमाले जिल्ला कमिटी सदस्यहरू किरण पन्थ, हरिहर बस्नेत, भुवन केसी, सुनिता कटुवाल र बच्चुलाल चौधरी कार दुर्घटनामा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि राजविराज लगिएको छ।
नेकपा एमाले जिल्ला कमिटीको बैठकका लागि उहाँहरु राजविराजतर्फ गइरहेको बेला नम्वर नखुलेको कार दुर्घटनामा परेको बताइएको छ। दुर्घटनाको कारण खुल्न सकेको छैन ।






प्रतिक्रिया