अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लोकतन्त्रको साइन बोर्डले केही हुन्न, आचरण लोकतान्त्रिक हुनुपर्छ: अध्यक्ष ओली

लोकतन्त्रको साइन बोर्डले केही हुन्न, आचरण लोकतान्त्रिक हुनुपर्छ: अध्यक्ष ओली


काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र साइनबोर्डमा होइन, आचरण व्यवहार जीवनपद्धति र राज्यको कार्यशैलीमा हुनु पर्ने बताउनु भएको छ।

शुक्रबार काठमाडौंमा आयोजित राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्चको २४औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो।

कतिपय गरिबीको रेखाुमनी रहेका नागरिकहरुले आधारभुत अधिकारसमेत नपाइरहेको उहाँको भनाइ छ। यसबारेमा राज्यलाई सचेत गराउनु पर्ने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले लोकतन्त्र साइन बोर्ड र प्रणालीमा मात्रै सीमित भएको टिप्पणी गर्नुभयो।

उहाँले भन्नुभयो, ‘लोकतन्त्र, आचरण, व्यवहार, जीवनपद्धति, राज्यको शैलीमा, राज्यको कार्यशैलीमा हुनुपर्छ लोकतन्त्र। साइन बोर्डमा, प्रणालीमा लोकतन्त्र भनेर मात्रै हुँदैन। तसर्थ आज पनि मानव अधिकारका निम्ति प्रयास गर्नुपर्ने जरुरी छ। एउटा हामी हरेकले प्रयास गर्नुपर्ने छ र अर्को सरकारलाई भन्नुपर्ने छ। हामी जो जहाँ छौं, त्यहाँबाट प्रयास गर्नुपर्छ। अर्को सरकारलाई हामीले भन्नुपर्ने, देखाउनुपर्ने, दबाब दिनुपर्ने अवस्था छ, जब निरपेक्ष गरिबीको रेखामुनि अहिले पनि ठूलो प्रतिशत जनसंख्या छ। अहिले पनि देशमा भोकमरीको स्थिति छ। निरपेक्ष गरिबीको रेखामुनि र बहुआयामिक गरिबीको रेखामुनि समाजको एउटा ठूलै हिस्सा अहिले पनि छँदै छ भने मानव भएर बाँच्न पाउने आधारभूत अधिकार प्राप्ति नै भएको छैन। आधारभूत अधिकार नै प्राप्त भएको छैन भने अरु अधिकार कहाँबाट आउँछ? बाँच्न पाउने‚ खान पाउने अधिकारबाट मानव अधिकार शुरु हुन्छ।’ 

रिबीको रेखामुनी रहेका नागरिकलाई आधरभूत अधिकार प्रदान गरी आत्मनिर्भर बनाउन सरकारले ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।