अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले निकट अनेरास्ववियुले स्कुल-कलेज स्तरीय चेस प्रतियोगिता गर्दै

एमाले निकट अनेरास्ववियुले स्कुल-कलेज स्तरीय चेस प्रतियोगिता गर्दै


काठमाडौं-नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले स्कुल-कलेज स्तरीय चेस प्रतियोगिता गर्ने भएको छ।

आगामी साउन १२ र १३ गते प्रदर्शनी मार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा उक्त प्रतियोगिता हुने भएको हो।

संगठनको केन्द्रीय खेलकुद विभागका अनुसार प्रतियोगिताका लागि प्रवेश शुल्क ७ हजार पाँच सय रहेको छ। प्रतियोगितामा प्रथम हुनेले ५० हजारसहित ट्रफी पदक र प्रमाणपत्र प्राप्त गर्ने छ।

यस्तै, दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले २० हजार, उत्कृष्ट विद्यालयले १० हजार, उत्कृष्ट +२ कलेजले १० हजार, उत्कृष्ट महिला खेलाडीले ३ हजार प्राप्त गर्ने छन् । विभागले हरेक वर्ष विद्यार्थीको उन्नयनका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ।