अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भुर्तेलको अलराउन्डर प्रदर्शनमा यूएईविरुद्ध नेपालको सान्त्वना जित

भुर्तेलको अलराउन्डर प्रदर्शनमा यूएईविरुद्ध नेपालको सान्त्वना जित


काठमाडौं-ओपनर कुशल भुर्तेलको उत्कृष्ट अलराउन्डर प्रदर्शनमा नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कपमा सान्त्वना जित हात पारेको छ।

समूहको अन्तिम खेलमा बुधबार नेपालले यूएई ए लाई ३ विकेटले पराजित गरेको हो। युएईले दिएको १५८ रनको सामान्य लक्ष्य नेपालले ७ विकेटको क्षतिमा २३ औं ओभरमा पूरा गर्यो।

नेपालको जितमा कुशल भुर्तेलले अलराउन्डर प्रदर्शन गरे। बलिङतर्फ ६ विकेट लिएका कुशलले नेपालका तर्फबाट सर्वाधिक ७१ रन समेत जोडे।

यसअघि भारत ए सँग ९ विकेटले पराजित भएको नेपाल पाकिस्तानसँग ४ विकेटले पराजित भएसँगै अघिल्लो चरणको सम्भावना सकिएको थियो। यो समूहमा नेपालसँग पराजित भएसँगै यूएई भने जितविहीन हुँदै घर फर्किएको छ।

४३ बलको सामना गरेका कुशलले ९ चौका र ४ छक्काको मद्दतमा ७१ रनको पारि खेले। ३८ बलको सामना गरेका देव खनालले ४ चौकाको मद्दतमा २४ रन जोड्दा सन्दीप जोर पनि २४ रनमै आउट भए।

सन्दीपले १५ बलको सामना गर्दा १ चौका र २ छक्का प्रहार गरे। गुल्सन झाले ११ रन जोड्दा कप्तान रोहित पौडेल ९ रनमै आउट भए। ओपनर अर्जुन साउद गोल्डेन डकआउट हुँदा पवन शर्राफ पनि शून्यमै पेबेलियन फर्किए।

कुशल मल्ल २ नटआउट रहँदा प्रतिश जिसी ८ रनमा अविजित रहे।

युएईका लागि मुहम्मद फराजुदिनले ५ विकेट र मुहम्मद जावदुल्लाहले २ विकेट लिए।

त्यसअघि कोलोम्बोस्थित पि सारा ओभलमा यूएई ‘ए’ले टस जितेर ब्याटिङ गर्दै ४४ ओभरमा सबै विकेट गुमाएर १५७ रन बनाएको थियो।