अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युवा संघका अध्यक्ष थेबेमाथि पहिचानवादीको ढुंगामुढा

युवा संघका अध्यक्ष थेबेमाथि पहिचानवादीको ढुंगामुढा


काठमाडौं-नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेमाथि धनकुटामा आक्रमण भएको छ।

सत्तारुढ जनता समाजवादी पार्टीनिकट कार्यकर्ता र आफूलाई पहिचानवादी बताउनेहरुको समूहले थेबेमाथि ढुंगामुढाग गरेको युवा संघले जनाएको छ।

युवा संघको धनकुटा जिल्ला भेला तथा प्रशिक्षणका लागि चौबिसे गाउँपालिका गइरहेका थेबेमाथि ढुंगामुढासहित आक्रमण प्रयास भएको हो।

जसपासहित आफूलाई पहिचानवादी भनिने समूहले थेबेलाई धनकुटा छिर्न नदिने भन्दै सामूहिक विज्ञप्ति निकालेका थिए। 

युवा संघले आफूहरुमाथिको आक्रमणलाई सत्ताको संरक्षणमा भएको नियोजित घटना भन्दै प्रतिरोधमा उत्रिन बाध्य नबनाउन पनि भनेको छ।