काठमाडौँ-सर्वोच्च अदालतमा आजदेखि पेसी तारिख ‘अटोमेसन’मा तोकिने भएको छ । सर्वोच्चले आजदेखि पेसी तारेख अटोमेसनको सुरुआत गर्न लागेको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठका अनुसार अहिले परीक्षणका लागि अटोमेसन अभ्यास गर्न लागिएको छ । अब अदालतमा मुद्दा परेपछि सेवाग्राहीले ‘सिस्टम’भित्रैबाट तारिख पाउनेछन् ।
अहिले परीक्षणका रूपमा सुरु गरिएको पेसी तारेख यसपछि काठमाडौँ जिल्ला अदालतमा लागु गरिने भइएको छ ।




प्रतिक्रिया