अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय समितिका सभापतिको लागि आज निर्वाचन, यी हुन् उम्मेदवार 

संसदीय समितिका सभापतिको लागि आज निर्वाचन, यी हुन् उम्मेदवार 


काठमाडौँ-प्रतिनिधि सभाका १० वटा विषयगत समितिले आज पूर्णता पाउने भएका छन् । विषयगत समितिको सभापतिका लागि आज निर्वाचन हुँदैछ । 

संघीय संसद् सचिवालयका अनुसार ९ वटा  समितिमा एकल उम्मेदवारी र एउटामा दुई जनाको उम्मेदवारी दर्ता भएको छ । 

एकल उम्मेदवारी प्रस्ताव आएका समितिमा स्वतः सभापति घोषणा हुने र दुई जनाको उम्मेदवारी रहेको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिका लागि निर्वाचन गरिने संघीय संसद् सचिवालयले जनाएको छ। 

दलहरूबीच भएको सहमतिअनुसार कांग्रेसले तीन, एमालेले दुई, माओवादी, राप्रपा, नेकपा एकीकृत समाजवादी, जसपा र जनमत पार्टीबाट एकएक समिति सभापतिमा उम्मेदवारी परेको छ । 

कांग्रेसका सांसद आरजु राणा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र रामहरि खतिवडाले सुशासन समितिको र सन्तोष चालिसेले अर्थ समितिको सभापतिमा उम्मेदवारी दर्ता गर्नुभएको छ ।  

यस्तै एमालेका सांसद ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिको सभापति र किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिमा उम्मेदवारी दिनुभएको छ ।  

सत्तारूढ दल माओवादी केन्द्रका सांसद विमला सुवेदीले कानुन न्याय तथा मानवअधिकार र रजसपाका सांसद राजकिशोर यादवले अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा उम्मेदवारी दर्ता गर्नुभएको छ । 

यस्तै एकीकृत समाजवादीका भानुभक्त जोशीले शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि, राप्रपाका दिपक सिंहले पूर्वाधार विकास र जनमत पार्टीका अब्दुल खानले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा उम्मेदवारी दिनुभएको छ ।  

संसदीय समितिमा भाग नपाएपछि संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुलीले उद्योग समितिमा उम्मेदवार दिनुभएको छ ।