अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी जिल्लाका नदीमा आज बाढीको जोखिम

यी जिल्लाका नदीमा आज बाढीको जोखिम


काठमाडौँ-आगामी तीन दिन भारी वर्षाको सम्भावना रहेको छैन । सामान्य वर्षा भने देशका अधिकांश स्थानमा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

जसले गर्दा आज केही जिल्लाका नदी तथा खोलामा  बाढीको जोखिम रहेको छ । 

आज इलाम, झापा, पाँचथर, ताप्लेजुङ, पाँचथर, संखुवासभा, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, मकवानपुर, काभ्रेपलान्चोक, गोरखा, कास्की भएर बहने नदी तथा खोलामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस्तै पर्वत, लमजुङ, बागलुङ, स्याङजा, पाल्पा, रुकुम पश्चिम, जाजरकोट, दैलेख, कालिकोट, अछाम, बाजुरा, बझाङ, बैतडी, दार्चुला र आसपास भएर नदी र खोलामा बहाव बढ्न सक्ने पूर्वानुमान रहेको महाशाखाको भनाइ छ । 

आज कमला र यसका सहायक नदीमा जलसतह सतर्कता आसपासमा नै हुने भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपानाउन पनि महाशाखाको आग्रह छ । 

आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह घट्दो क्रममा रहने महाशाखाले बताएको छ ।