अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीति दुई ध्रुवमा ध्रुवीकृत नगरेसम्म सत्ताको लिलामी हटाउन सकिन्न : नेता रिजाल 

राजनीति दुई ध्रुवमा ध्रुवीकृत नगरेसम्म सत्ताको लिलामी हटाउन सकिन्न : नेता रिजाल 


काठमाडौँ-नेकपा एमालेका नेता विष्णु रिजालले नेपालको राजनीतिलाई दुई ध्रुवमा ध्रुवीकृत नगरेसम्म राजनीतिक अस्थिरता र सत्ताको लिलामी हटाउन नसकिने बताउनुभएको छ । 

आज सामाजिक सञ्जालमा लेख्दै उहाँले यस्तो बताउनुभएको हो । 

‘नेपालको राजनीतिलाई दुई ध्रुवमा ध्रुवीकृत नगरेसम्म राजनीतिक अस्थिरता र सत्ताको लिलामी हटाउन सकिन्न’, उहाँले लेख्नुभएको छ, ‘२७५ सदस्यीय प्रतिनिधिसभामा ३२ सिट अर्थात् ११ प्रतिशत मात्र भएको पार्टीलाई देशको नेतृत्व गर्नु भन्ने जनादेश कदापि होइन । तर, उसैलाई प्रस्ताव गर्न प्रमुख दुई दलबीच प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ ।’

नेता रिजालले यो विडम्बनालाई हटाउन वामपन्थी विचार राख्ने शक्ति नेकपा (एमाले) को नेतृत्वमा र दक्षिणपन्थी/पुँजीवादी विचार राख्ने पार्टीहरु कांग्रेसको नेतृत्वमा ध्रुवीकृत हुनुपर्ने पनि बताउनुभयो । 

उहाँले लेख्नुभएको छ,’यस विडम्बनापूर्ण अवस्थालाई हटाउनका लागि वामपन्थी विचार राख्ने शक्ति नेकपा (एमाले) को नेतृत्वमा र दक्षिणपन्थी/पुँजीवादी विचार राख्ने पार्टीहरु कांग्रेसको नेतृत्वमा ध्रुवीकृत हुँदा प्राकृतिक हुन्छ । अमेरिका, बेलायत जस्ता लोकतन्त्रका उदाहरण दिने देशमा दुईवटा पार्टीले धानेका छन्, भारतमै पनि भाजपा र कांग्रेस (आई) मुख्य छन्, अरु उनीहरुकै वरिपरि छन् ।’

नेता रिजालले आफ्नै खुट्टामा उभिन सक्ने पार्टी हुँदा मात्रै देशका लागि केही सोच्न र गर्न सक्छन् पनि उल्लेख गर्नुभयो ।  

‘यसो भनिरहँदा कुनै पार्टी वा नेता विशेषलाई हेपेको होइन, आफ्नै खुट्टामा उभिन सक्ने पार्टी हुँदा मात्रै तिनले देशका लागि केही सोच्न र गर्न सक्छन्’, उहाँले भन्नुभयो ।