अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इजोरियामा युवाले मन पराउने भाषाशैली छ : अध्यक्ष ओली

इजोरियामा युवाले मन पराउने भाषाशैली छ : अध्यक्ष ओली


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुबिन भट्टराईले लेख्नुभएको इजोरिया किताब पढ्न सुरु गर्नुभएको छ । सामाजिक सञ्जालमा इजोरिया पढिरहेको तस्बिर सार्वजनिक गर्दै अध्यक्ष ओलीले हिजो उक्त किताब पाएको बताउनुभएको छ ।

अध्यक्ष ओलीले सामाजिक सञ्जालमा दिएको सुझावका आधारमा उक्त किताब पढ्न सुरु गरेको उल्लेख गर्नुभएको छ । उनले इजोरिया मा युवाले मन पराउने भाषाशैली रहेको पनि बताउनुभयो । 

अध्यक्ष ओलीले लेख्नुभएको छ, ‘सुबिन भट्टराईको इजोरिया हिजो पाएँ । यो उपन्यास मदन पुरस्कारको सूचीमा पनि छ । खासगरी सामाजिक सञ्जालमा धेरैजसोले यो किताब  पढ्न सुझाव दिँदै म्यासेज र कमेन्ट गर्नु भएको थियो। सरसर्ती हेर्दा युवाले मन पराउने भाषाशैली  रहेछ । कतिले पढ्नु भयो र कस्तो लाग्यो ?’

इजोरिया मदन पुरस्कारको सूचीमा पर्न सफल भएको छ ।