अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एसिया कप : पाकिस्तानलाई हराउँदै श्रीलङ्का फाइनलमा

एसिया कप : पाकिस्तानलाई हराउँदै श्रीलङ्का फाइनलमा


काठमाडौँ–डिफेन्डिङ च्याम्पियन श्रीलंका एसिया कप २०२३ को फाइनलमा पुगेको छ । बिहीबार श्रीलंकाले सुपर–४ मा पाकिस्तानलाई दुई विकेटले हराउँदै फाइनल पुगेको हो ।

फाइनलमा अब उसले भारतसँग प्रतिस्पर्धा गर्नेछ । आइतबार एसिया कपको फाइनल खेल हुनेछ ।

श्रीलंका र पाकिस्तानबिचको खेल निक्कै रोमाञ्चक थियो । कोलम्बोको आर प्रेमदासा स्टेडियमा टस जितेर पहिले ब्याटिङ गर्दै पाकिस्तानले सात विकेटको क्षतिमा २५२ रन बनाएको थियो।

डीएलएस मेथड अन्तर्गत श्रीलंकालाई २५२ रनकै लक्ष्य प्राप्त भएको थियो । श्रीलंकाले ४२ ओभरमा ८ विकेट गुमाउँदै जित हासिल गरेको हो।