अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बागमती प्रदेशको अधिवेशन जारी रहेकै बेला गोकुलको ट्विट- राजनीतिमा पुरा हुन नसक्ने आश्वासन दिनु जाली कुरा

बागमती प्रदेशको अधिवेशन जारी रहेकै बेला गोकुलको ट्विट- राजनीतिमा पुरा हुन नसक्ने आश्वासन दिनु जाली कुरा


काठमाडौं-नेकपा एमाले बागमती प्रदेशको अधिवेशन जारी रहेकै बेला अध्यक्ष मण्डलका सदस्य एवं पोलिटव्यूरो सदस्य गोकुल बास्कोटाले राजनीतिमा पुरा हुन नसक्ने आश्वासन दिनु जाली कुरा भएको बताउनुभएको छ।

प्रदेशको नेतृत्व लिन हानथाप चलिरहेकै बेला बास्कोटाले राजनीतिमा कसैले कसैलाई पनि पुरा नहुने आश्वसन दिनु राम्रो नभएको उल्लेख गर्नुभएको छ। नेतृत्वको रस्साकस्सी चलिरहेका बेला बास्कोटाले गरेको यो ट्विट अनुसार कुनै नेतालाई अध्यक्ष बनाउन उपल्लो नेतृत्वले आश्वासन दिएको अनुमान गर्न सकिन्छ । प्रतिनिधीको मनशाय आश्वासन भन्दा फरक भएकोले यस्तो आस्वासनको समय गुज्रिसकेको बास्कोटाको संकेत छ ।
पुरा हुन नसक्ने आश्वासन बाँड्नु कुनै बेला कला भए पनि समाजको विकाससँगै अहिले त्यो जाली कुरामा परिणत भइसकेको बास्कोटाको टिप्पणी छ । हाकाहाकी कुरा गर्दा कसैलाई रिस उठे पनि त्यो कुरा कालान्तरमा ठिक हुने बास्कोटाको तर्क छ ।