अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

निर्वाचन व्यवस्थापन विधेयक तत्काल संसदमा पेस हुन्छ: गृहमन्त्री लामिछाने

निर्वाचन व्यवस्थापन विधेयक तत्काल संसदमा पेस हुन्छ: गृहमन्त्री लामिछाने


काठमाडौं-उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले निर्वाचन सम्बन्धी विधेयक तत्काल संसदमा पेस गर्ने बताउनुभएको छ। 

आइतबार निर्वाचन आयोगका पदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले राजनीतिक दल सम्बन्धी विधेयक र निर्वाचन आयोग सम्बन्धी विधेयक तत्काल संसदमा पेस गर्ने बताउनुभएको हो। 

गृहमन्त्री लामिछानेले निर्वाचन आयोगले समग्र निर्वाचनमा प्रणालीमा देखिएको विकृति, विसङ्गतिको समस्या हल हुने र राजनीतिक दल र सिङ्गै मुलुकको लोकतन्त्र बलियो हुने विश्वास समेत व्यक्त गर्नुभयो। 

आफूले आयोगका पदाधिकारीलाई निर्वाचनसँग सम्बन्धित विधेयकहरू संसद्‌मा पेस गरेर चाँडो भन्दा चाँडो ती विधेयकलाई पारित गर्ने हुटहुटी आफूमा रहेको पनि आयोगसमक्ष राखेको उपप्रधानमन्त्री लामिछानेले बताउनुभयो।

निर्वाचन व्यवस्थापन सम्बन्धी विधेयक र राजनीतिक दलसम्बन्धी संशोधन विधेयकका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेसँग छलफल गरिएको निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिनुभयो।