झापा -गौरादह नगरपालिकाले १५ वर्षे गुरु योजना बनाएर नगरपालिकाको विकासलाई व्यवस्थित बनाउने भएको छ । १७ औं नगरसभा बैठक नगर प्रमुख छत्रपति सुवेदीले आज पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको छ । उक्त गुरु योजना हरेक पाँच वर्षम अद्यावधिक गर्ने प्रस्ताव पनि गरिएको छ ।
नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकहरुसँग माध्यमिक तहका विद्यार्थीलाई अन्तरक्रिया गराउने कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
१७ औं नगरसभा बैठक नगर प्रमुख छत्रपति सुवेदीले आज पेश गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको छ । नगरपालिकाले प्रष्तुत गरेको नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकका अनुभव नयाँ पुस्तालाई सुनाउनका लागि यस्तो कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ । नीति कार्यक्रममा उल्लेख भए अनुसार ज्येष्ठ नागरिकको अनुभव र ज्ञानलाई माध्यमिक तहका विद्यार्थीसँगको अन्तरक्रिया मार्फत अन्तरपुस्ता ज्ञान हस्तान्तरण गरिने छ । समाजमा बढ्दै गएको ज्येष्ठ नागरिकलाई सामाजिक काममा सहभागी गराउन र उनीहरुलाई नयाँ पुस्तासँग अन्तरघुलन गराउनका लागि यस्तो कार्यक्रम ल्याइएको हो । यो कार्यक्रमले पुरानो पुस्ता र नयाँ पुस्ताको अन्तरघुलन हुने नगरपालिकाले अपेक्षा गरेको छ ।
नगरपालिकाले आज सार्वजनिक गरेको नीति कार्यक्रममा अधिकांस पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ । छोरी बुहारी पढाउने,सिकानको खेतमा कृषि प्राविधिक जस्ता कार्यक्रम गतवर्ष पनि सञ्चालनमा थिए । नगरपालिकाले भौतिक पूर्वाधारमा विशेष जोड दिने नीति अवलम्बन गरेको छ । खासगरी पुल,सडक,भवन निर्माण नीतिका प्राथमिकता क्षेत्र रहेका छन् । हाल नर्मिाण भइरहेका साना सडकहरुलाई यसै आर्थिक् वर्षभित्र सम्पन्न गर्ने नगरपालिकाले लक्ष्य लिएको छ । यस्तै कृषि,पुशपालनलाई प्रवद्र्धन गर्नक लागि पनि नगरपालिकाले विभिन्न कार्यक्रम प्रस्ताव गरेको छ । किसानले फोन गरेको ३० मिनेटमै कृषि प्राविधिक किसानको खेतमा कृषि प्राविधिक,कृषि बाली प्रदर्शनी,जैविक कृषि नमुना प्लट,जैविक कृषि गाउँ जस्ता कार्यक्रम पनि नीति कार्यक्रममा उल्लेख गरिएको छ ।
प्रतिक्रिया