अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना


काठमाडौं- आज दिउसो कोशी प्रदेश र मधेस प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। देशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन रचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राति कोशी प्रदेश र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।