अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

सन्दीप लामिछानेलाई अमेरिकाले फेरि दिएन भिसा

सन्दीप लामिछानेलाई अमेरिकाले फेरि दिएन भिसा


काठमाडौँ-क्रिकेट सन्दीप लामिछानेको अमेरिकाको भिसा फेरि अस्वीकृत भएको छ। खेलकुद मन्त्रालय स्रोतका अनुसार अमेरिकी दूतावासले लामिछानेलाई अन्तर्वार्ताका लागि पुनः समय दिए पनि भिसा दिन भने अस्वीकार गरेको हो।

परराष्ट्र मन्त्रालयले दूतावासलाई ‘भिसा नोट’ पठाएसँगै लामिछानेलाई अन्तर्वार्ताका लागि बोलाएको थियो। अमेरिकामा आयोजना हुने टी–२० विश्वकपमा सहभागी हुन प्रतीक्षारत क्रिकेटर लामिछानेलाई यसअघि पनि भिसा दिन अस्वीकार गरेको थियो।