अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले हुम्लाको पालिका अधिवेशन सम्पन्न

एमाले हुम्लाको पालिका अधिवेशन सम्पन्न


हुम्ला-नेकपा एमाले हुम्लाको सातवटै गाउँपालिका कमिटीले अधिवेशन सम्पन्न भएको छ। गाउँपालिका अधिवेशनबाट गाउँपालिकामा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो। 

एमालेको सात वटै गाउँपालिकामा भएको अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने काम सर्वसम्मत रूपमा भएको एमाले उपाध्यक्ष प्रकाशबहादुर शाहीले बताउनुभयो। करिब एक महिनाको अवधिमा जिल्लाका सात वटै गाउँपालिकामा अधिवेशन सम्पन्न भएर नेतृत्व चयनका साथै गाउँपालिका कमिटी समेत गठन भएको उहाँको भनाइ छ। 

गाउँपालिका स्तरमा नयाँ चयन भएको नेतृत्वमा गिठे ऐडीको अध्यक्षतामा ४५ सदस्यीय कमिटी गठन भएको छ । नाम्खा गाउँपालिकामा तोपछिरिङ लामाको नेतृत्वमा ५५ सदस्यीय कमिटी गठन गरिएको छ। त्यसैगरी चङ्खेली गाउँपालिकामा हंस ऐडीको अध्यक्षतामा गाउँपालिका कमिटी गठन गरिएको छ । त्यसैगरी सर्केगार्ड गाउँपालिका कमिटीको अध्यक्षमा गोकुल रावलको अध्यक्षतामा कमिटी चयन भएको छ। 

यता, अदानचुली गाउँपालिका कमिटीको अधिवेशनले यसअघिका अध्यक्ष बुध भण्डारीकै अध्यक्षतामा नयाँ कमिटी चयन गरेको छ । त्यसैगरी एमाले सिमकोट गाउँपालिका कमिटीको अध्यक्षमा कालीबहादुर सुनारको अध्यक्षतामा नयाँ नेतृत्व सर्वसम्मत चयन गरेको छ । 

एमाले ताजाकोट गाउँपालिका कमिटीको दोस्रो अधिवेशनले कर्णप्रसाद जैसीको अध्यक्षतामा नयाँ कमिटी सर्वसम्मत चयन गरेको एमाले हुम्लाका अध्यक्ष ज्ञानी बुमीले जानकारी दिनुभयो । सबै गाउँपालिकामा अधिवेशन भएर नयाँ नेतृत्व चयन भइसकेकाले वडा अधिवेशन अब सुरु हुने उहाँले बताउनुभयो ।