अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बैंकिङ्ग क्षेत्रको तरलतामा देखिएको समस्या विस्तारै समाधान हुँदै जान्छ: निर्देशक पौडेल

बैंकिङ्ग क्षेत्रको तरलतामा देखिएको समस्या विस्तारै समाधान हुँदै जान्छ: निर्देशक पौडेल


काठमाडौं-नेपाल राष्ट्र बैंकका बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रामु पौडेलले बैकिङ्ग क्षेत्रको तरलतामा देखिएको समस्या विस्तारै समाधान हुँदै जाने बताउनु भएको छ।

बैंकिङ्ग डिस्कोर्सको पहिलो सत्र ‘बैकिङ्ग क्षेत्रको समसामयिक अवस्थामा आउँदो मौद्रिक नीतिसँगको अपेक्षा’मा उठेका प्रश्नको जवाफ दिँदै निर्देशक पौडेलले नेपाल राष्ट्रबैंकले लिएको हालको नीतिले तरलतामा देखिएको समस्या समाधान गर्नमा प्रभावकारी भूमिका खेल्ने बताउनु भएको हो।

निर्देशक पौडेलले भने, ‘नेपालको बैंकिङ्ग क्षेत्र अधिक तरला बढ्ने र घट्ने समस्याबाट गुज्रिरहेको छ। हाल राष्ट्र बैंकले लिएको स्वचालित पूणालीले यो समस्या समाधान गर्न विशेष भूमिका खेल्ने हाम्रो अपेक्षा छ। ’केन्द्रीय बैंकसँग हाल प्रर्याप्त तरलता रहेकाले २१ सय अर्बभन्दा बढी संकलन र ८ सय अर्ब बढी बजारमा पठाँउदै आएको बताउनुभयो।