अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पैसा कमाउन, जोगाउन, लगानी गर्न वित्तीय सारक्षता अपरिहार्य छ: भुवन दाहाल

पैसा कमाउन, जोगाउन, लगानी गर्न वित्तीय सारक्षता अपरिहार्य छ: भुवन दाहाल


काठमाडौं-फाइनान्सियल लिट्रेसी नेपालका अध्यक्ष भुवन दाहालले पैसा कमाउन, जोगाउन, लगानी गर्न वित्तीय सारक्षता अपरिहार्य रहेको बताउनुभएको छ।

नेशनल बैंकिङ्ग डिस्कोर्सको २०२४ को दोस्रो सत्र ‘नेपालमा वित्तीय साक्षरताको सामाजिक प्रभाव तथा वर्तमान स्थिती’मा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष दाहालले वित्तीय सारक्षता सबैको लागि अपरिहार्य रहेको बताउनु भएको छ। अध्यक्ष दाहालले भन्नुभयो, ‘पैसा कमाउन, जोगाउन, लगानी गर्न वित्तीय सारक्षता अपरिहार्य छ। यसले हामीलाई धनी बन्न मद्दत गर्छ। वित्तीय अनुशासन सरकारको लागि पनि अपरिहार्य छ।’ बजेट ल्याउँदा होस् या अन्य आर्थिक गतिविधिमा सरकारको वित्तीय अनुशासन अति आवश्यक छ।