अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

श्रम स्वीकृति बिना वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ: कार्यकारी निर्देशक उप्रेती

श्रम स्वीकृति बिना वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो छ: कार्यकारी निर्देशक उप्रेती


काठमाडौं-वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीले श्रम स्वीकृति नलिईकन वैदेशिक रोजगारीमा जाने क्रम बढेको बताउनु भएको छ।

‘दोस्रो नेशनल बैंकिङ्ग डिस्कोर्सको २०२४’ को तेस्रो सत्र ‘सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगिता र आगामी दिशानिर्देश’ मा उठेका प्रश्नको जवाफ दिँदै उप्रेतीले नेपालबाट बिना श्रम स्वीकृति वैदेशिक रोजगारीमा जाने क्रम बढेको बबताउनु भएको हो।

उहाँले भन्नुभयो, ‘हामीले बिना श्रम स्वीकृति वैदेशिक रोजगारीमा जाने क्रमलाई रोक्न सकेका छैनौं। जसले गर्दा बिना श्रम स्वीकृति वैदेशिक रोजगारीमा जाने, सीप बिना जाने कम्पनी फेरिरहने क्रम पनि २० देखि ३० प्रतिशतको हाराहारीमा छ। जसले गर्दा रेमिन्ट्यासमा पनि प्रभाव परिरहेको छ।’

डिस्कोर्सको तेस्रो सत्र ‘सामाजिक आर्थिक विकासका लागि रेमिट्यान्सको दिगो उपयोगीता र आगामी दिशानिर्देश’ मा नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल,जनसांख्यिकीय तथ्यांक विशेषज्ञ चेतन अधिकारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती, नायब कार्यकारी अधिकृत (डिसीईओ) ग्लोबल आइएमइ बैंकका नायब कार्यकारी अधिकृत (डिसीईओ) सुमन पोखरेलको रहेको छ यस सत्रको सहजकर्ताको रुपमा वरिष्ठ पत्रकार टीकाराम यात्री रहेका छन्।

Skip This