अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको सचिवालय बैठक जारी

एमालेको सचिवालय बैठक जारी


काठमाडौं-नेपाली कांग्रेससँगको सहमतिको ब्रिफिङ र नयाँ सरकार गठनका सन्दर्भमा छलफल गर्न एमालेको सचिवालय बैठक जारी छ। ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सचिवालय बैठक बसिरहेको छ।

बैठककमा मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो (सोमबार) मध्यराति सवा १२ बजे संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको थियो।