काठमाडौँ– पाँच महिना संसदमा सत्ता पक्षको बेन्चमा बसेको एमाले आज संघीय संसदमा प्रतिपक्षी बेन्चमा बसेको छ । वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएसँग एमालेले आसन परिवर्तन गरेको हो ।
यसअघि असार १७ गतेको प्रतिनिधिसभा बैठकमा सत्ता पक्षमा रहेको एमाले गत सोमबार कांग्रेससँगको सहमतिसँगै आजदेखि प्रतिपक्षमा बसेको हो । गत फागुन २१ मा प्रधानमन्त्री प्रच्ण्डलाई समर्थन गरेपछि एमाले सत्ता पक्षमा बसेको थियो ।
नेपाली कांग्रेससँग सत्ता सहकार्यका लागि सहमति भएसँगै एमालेले पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षको लाइनमा बसेको हो ।
प्रतिक्रिया