काठमाडौं-नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले देशका समस्या सम्बोधनका लागि कांग्रेस र नेकपा एमाले एक भएको बताउनु भएको छ।
मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग नेता महतले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, ‘गठबन्धन परिवर्तन गरिरहने, एकअर्को दलसँग मिलेर अस्थिरता निम्त्याइरहने प्रवृत्तिले देशलाई ठीक दिशामा नलैजाने भएकाले कांग्रेस-एमाले मिल्नु परेको हो।’
वर्तमान सरकारले प्रतिबद्धता एउटा र काम अर्को गर्ने गरेको उहाँको भनाइ छ। साथै, उहाँले स्थिर सरकार बनाउन र देशका समस्या समाधानका लागि दुई दल एक ठाउँमा आएको बताउनुभयो ।
संविधानमा रहेका समस्या समावेशिता, समानुपातिकतालाई सुनिश्चित गर्दै निर्वाचन पद्धतिलाई संशोधन गर्न आफूहरू एक भएको पनि बताउनुभयो।
प्रतिक्रिया