काठमाडौँ-जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड;को विपक्षमा मतदान गर्ने भएको छ।
सो पार्टीको बिहीबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले संसदमा राख्ने विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।
साथै जसपाले नेकपा एमाले र नेपाली काँग्रेस लगायतका दलको सहमतिमा नयाँ बन्ने राष्ट्रिय सहमतिको सरकारको निर्माणमा सहयोग र सहकार्य गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया