काठमाडौं-नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु भोजपुरको अध्यक्षमा निशान राई चयन हुनुभएको छ।
अनेरास्ववियु भोजपुर जिल्लाको २४औं जिल्ला अधिवेशन राईको नेतृत्वमा ३१ सदस्य कमिटी सर्वसम्मत चयन गरिएको हो।

यस्तै उपाध्यक्षमा सन्तोष गिरी, महासचिवमा सुवास नेपाल, उपसचिवमा खुलातर्फ विज्ञान श्रेष्ठ, महिलातर्फ कोपिला प्रधान, खुल्लातर्फ मनोज विश्वकर्मा र कोषाध्यक्षमा मेलिना राई निर्वाचित हुनुभएको छ।
नवनिर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई एमाले भोजपुरका सचिव एक्सन राईलगायतले बधाईसहित सफल कार्यकालको शुभकामना दिनुभयो।
प्रतिक्रिया