काठमाडौँ-प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनका लागि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले छलफलमा जुटेका छन्।
नयाँ बानेश्वरस्थित संसद् भवनको एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्याकक्षमा कांग्रेस र एमालेका नेताहरुबीच अहिले छलफल चलिरहेको छ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकबाट विश्वासको मत नपाएर प्रचण्डको सरकार ढलेपछि कांग्रेस र एमालेबीच नयाँ सरकार गठनका लागि संवाद शुरु गरेको हो ।
छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक महेश बर्तौला लगायतका नेताहरू छलफलमा हुनुहुन्छ।
राष्ट्रपति नयाँ सरकार गठनको आह्वान गर्नासाथ सरकार दाबी गर्नेगरी उहाँहरूको तयारी छ।
एमाले अध्यक्ष ओलीको नेतृत्वमा नयाँ सरकार गठनका लागि असार १७ मै कांग्रेस र एमालेबिच सहमति भएको थियो । सोही अनुसार सरकार गठनका लागि कांग्रेस र एमालेका नेताहरु गृहकार्यमा जुटेका छन् ।
प्रतिक्रिया