अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री ओलीलाई बधाई दिँदै पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो: देश र जनताको पक्षमा राम्रो गर्नुहोला

प्रधानमन्त्री ओलीलाई बधाई दिँदै पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो: देश र जनताको पक्षमा राम्रो गर्नुहोला


काठमाडौं-नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री नियुक्त हुनसाथ ओली पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न काठमाडौँको भंगालस्थित उहाँको निवासमा पुग्नुभएको थियो।

सो अवसरमा भण्डारीले ओलीलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त दिनुभयो। साथै उहाँले नवनियुक्त प्रधानमन्त्री ओलीलाई देश र जनताको पक्षमा काम गरेर देखाउन आग्रह पनि गर्नुभयो।

पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, ‘प्रधानमन्त्री नियुक्त हुनुभएकोमा धेरै बधाई तथा शुभकामना छ। देश र जनताका पक्षमा राम्रो काम गर्नुहोला।’

नेकपा एमालेका अध्यक्ष ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार आइतबार साँझ प्रधानमन्त्री नियुक्त गर्नुभएको हो । उहाँको शपथ २०८१ असार ३१ गते सोमबार बिहान ११ बजे तोकिएको छ।