अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नेकपा एसका मकवानपुर पूर्वउपाध्यक्षसहितका एमालेमा प्रवेश

नेकपा एसका मकवानपुर पूर्वउपाध्यक्षसहितका एमालेमा प्रवेश


हेटौँडा-नेकपा एकीकृत समाजवादी मकवानपुरका नेताहरू पुनः एमालेमा फर्किनु भएको छ।

मकवानपुर एकीकृत समाजवादीका पूर्वउपाध्यक्ष भूमिनन्द अर्याल, एस मकवानपुरका सचिवालय सदस्य कालू ढकाल तथा जिल्ला सदस्य जविन्द्र थोकर एमालेमा फर्किनु भएको हो।

नेकपा एमाले मकवानपुरको पार्टी कार्यालयमा भएको कार्यक्रमबीच उहाँहरुलाई एमाले केन्द्रीय सदस्य केदार न्यौपाने, जिल्ला अध्यक्ष श्रीधर पोखरेल सहितका नेताहरुले समाजवादीका नेताहरूलाई एमालेमा स्वागत गर्नुभयो।

एमाले छाडेर समाजवादी पुगेका एमाले नेता तथा कार्यकता क्रमिक रूपमा एमालेमा फर्कने क्रममा रहेको जिल्ला अध्यक्ष पोखरेलले बताउनु भयो।