अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

प्रधानमन्त्री ओलीलाई एमालेको ९९ बुँदे सुझाव

प्रधानमन्त्री ओलीलाई एमालेको ९९ बुँदे सुझाव


काठमाडौँ-नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आगामी ३ वर्षभित्र गर्न सकिने ठोस कार्य सुझाव दिएको छ। शुक्रवार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पुगेर एमाले प्रतिनिधि मण्डलले सो सुझाव दिएको हो।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका २८ वटा विभागका सुझाव समेटेर प्रधानमन्त्रीलाई बुझाइएको जानकारी दिनुभयो। गत असार २१ केन्द्रीय बसेको पार्टी केन्द्रीय विभागहरूको बैठकले दिएको सुझावका आधारमा प्रधानमन्त्रीलाई ९९ बुँदे सुझाव दिइएको ज्ञवाली बताउनु भयो। उक्त बैठकले सात दिनको समय सीमा तोकेर प्रधानमन्त्रीलाई सुझाव दिन विभागहरूलाई निर्देशन दिएको उहाँले बताउनु भयो।

प्रतिनिधिमण्डले सुशासन, विकास निर्माणका कामलाई तीव्रता, रोजगारी सृजना, अर्थतन्त्र चलायमान बनाउँदै उच्च आर्थिक वृद्धिदर गर्ने विषय, सेवा प्रवाहमा सहजता र जटिल प्रशासनिक प्रक्रियालाई सहज बनाउने लगायत विषयबारे सुझाव दिएको छ।