अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

जसपा नेपालले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने

जसपा नेपालले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने


काठमाडौँ-जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत दिने भएको छ।

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले बताउनुभयो। उहाँले भन्नुभयो, ‘पार्टीले आधिकारिक निर्णय गरेको छैन, तर प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन पार्टी सकारात्मक छ।’ 

उहाँले संसदीय दलको बैठक बसेर यस बारेमा आधिकारिक निर्णय गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘हामीले यो सरकारलाई बाहिरबाट समर्थन गरेका छौँ, विश्वासको मत पनि दिन्छौँ तर पार्टीमा यसको आधिकारिक निर्णय हुन्छ।’ 

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वास मत लिँदैहुनुहुन्छ।