अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

नेपालको राजनीतिक विकासमा वीपीको ठूलो योगदान छ: प्रधानमन्त्री ओली

नेपालको राजनीतिक विकासमा वीपीको ठूलो योगदान छ: प्रधानमन्त्री ओली


काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले वीपी कोइरालाले राजनीतिक दर्शन, समाज परिवर्तन र साहित्यको क्षेत्रमा आफ्ना छापहरु छोड्न सफल हुनुभएको बताउनुभएको छ।

आइतबार वीपी कोइराला राष्ट्रिय पुरस्कार २०८०, समर्पण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले वीपी कोइरालाले नेपाली राजनीति र साहित्यलाई अहिलेको अवस्थामा पुर्‍याउन महत्वपूर्ण योगदान रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘राजनीतिक दर्शनको पाटोमा, साहित्यिक दर्शनको पाटोमा वीपी कोइरालाले नेपाली राजनीति, समाज परिवर्तनका क्षेत्रमा आफ्ना छापहरु छोड्न एकदमै सफल व्यक्तित्व हुनुहुन्छ। उहाँले राजनीति सँगसँगै साहित्यलाई पनि एउटा उचाईमा पुर्‍याउनुभएको छ। राजनीतिलाई पनि झन् धेरै उचाईमा पुर्‍याउनुभएको छ। तर, आज वीपी कोइरालालाई बुझ्न त्यति सजिलो छैन।’

दर्शन, साहित्य र राजनीतिको बारेमा विवादहरु रहेपनि वीपी कोइरालाले खोजेको व्यवस्था र प्रणाली अहिले पनि आफू सहमत रहेको प्रधानमन्त्री ओलीको भनाइ छ। त्यस्तै, उहाँले वीपी कोइरालाले दुरदर्शी तथा परिवर्तनका लागि आफ्नो जीवन समर्पित गरेको उल्लेख गर्दै अहिलेको नेतृत्वले उहाँबाट पाठ सिक्नुपर्ने बताउनुभयो ।