अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेबाट दलका उपेनता चेतनारायण आचार्यले दाबी पेश गर्दै

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेबाट दलका उपेनता चेतनारायण आचार्यले दाबी पेश गर्दै


काठमाडौं- लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा एमालेले आज प्रदेश प्रमुख कार्यालयमा दाबी पेस गर्दैछ। नेकपा माओवादी केन्द्रको नेतृत्वमा यसअघि जोखबहादुर महराको नेतृत्वमा बनेको सरकारले हिजो राजीनामा बुझाएपछि नयाँ सरकार गठन हुन लागेको हो।
केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको सहमति अनुसार, लुम्बिनीमा पहिले एमालेले सरकारको नेतृत्व गर्नेछ। यसका लागि संसदीय दलका उपनेता एवं हालका अर्थमन्त्री चेतनारायण आचार्यलाई एमालेले मुख्यमन्त्रीका रुपमा अघि सारेको छ । प्रमुख सचेतक तुलसीप्रसाद चौधरीका अनुसार आचार्यलाई मुख्यमन्त्रीको दाबी पेश गर्न पार्टी केन्द्रले निर्देशन पठाएको छ । त्यसै अनुसार प्रदेश प्रमुखकोमा जाने तयारी रहेको चौधरीले जानकारी दिनुभयो ।