सरकारले तीनवटा प्रदेशमा प्रदेश प्रमुख हेरफेर गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख हेरफेर गर्ने निर्णय गरेको हाे।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीका कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गर्ने निर्णय गरेकाे छ।
यसअघि बाग्मतीमा यादव शर्मा, लुम्बिनीमा अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए। साथै राजदूत नियुक्ति र सचिव सरूवाका विषयमा पनि निर्णय भएको छ।
प्रतिक्रिया