काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन जना प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।
बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्ती मगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीले प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उहाँहरूलाई प्रदेश प्रमुख पदमा नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। राष्ट्रपति पौडेलले बुधबार उहाँहरूलाई प्रदेश प्रमुख पदमा नियुक्त गर्नुभएको थियो।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित हुनुहुन्थ्यो।
प्रतिक्रिया