महेन्द्रनगर-गृहमन्त्री रमेश लेखकले निर्मला पन्त हत्या प्रकरणको सूक्ष्म रूपमा अनुसन्धान हुने बताउनु भएको छ।
बिहीवार महेन्द्रनगरमा प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री लेखकले निर्मला पन्त हत्या प्रकरणलाई गम्भीरताका साथ लिएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो प्रकरण मैले गम्भीरताका साथ लिएको छु, यो घटनाको सूक्ष्म ढङ्गले अनुसन्धान हुन्छ।’
त्यसैगरि पत्रकार सम्मेलनमा उहाँले कञ्चनपुरको दोधारा चाँदनीलाई देशको सबैभन्दा ठुलो नाकाका रूपमा विकास गर्ने बताउनुभयो । ‘कञ्चनपुरलाई त्रिदेशीय नाका बनाउने कुरा अघि बढिसकेको छ, ‘उहाँले भन्नभयो, ‘निकट भविष्यमा नै दार्चुलाको तिंङ्करमा अध्यागमन कार्यालय स्थापना गर्ने तयारीमा निर्णय भएको छ यसले चीन सँग जोड्छ।’
तीन दिने भ्रमणमा गृह जिल्ला पुग्नुभएका मन्त्री लेखकले कञ्चनपुरमा दुई वटा प्रहरीका भवन उद्घाटन गर्नुभयो । त्यसैगरि उहाँले बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुभयो।
प्रतिक्रिया