काठमाडौं-नेकपा एमालेका नेताहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुभएको छ।
बागमती प्रदेश इन्चार्ज डा.राजन भट्टराईको नेतृत्वमा काठमाडौं जिल्लाका नेताहरुले पूर्वप्रधानमन्त्री प्रचण्डसँग भेट गर्नु भएको हो।
उपत्यकाका नदी किनारका जमिनबारे सर्वोच्च अदालतले गरेको आदेश र काठमाडौंका मेयरले जारी गरेको सूचनाबारे अध्यक्ष प्रचण्डसँग कुरा गरिएको भट्टराईले बताउनु भयो।
भेटपछि भट्टराईले सरकार भ्याकेटमा जाँदा आफ्नो दलको समर्थन रहने प्रचण्डले बताएको उल्लेख गरेका छन् । यसअघि भट्टराई सहितका नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि यही विषयमा भेटेर छलफल गरेका थिए।
प्रतिक्रिया