अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शंकर पोखरेलको रवि लक्षित टिप्पणी : सिइओले पैसा कहाँबाट आयो थाहा पाउनु पर्दैन ?

शंकर पोखरेलको रवि लक्षित टिप्पणी : सिइओले पैसा कहाँबाट आयो थाहा पाउनु पर्दैन ?


काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पनि कम्पनीमा काम गर्ने सिइओले त्यहाँको लगानीको स्रोतका बारेमा जानकारी छैन भन्नु गलत भएको उल्लेख गर्नुभएको छ ।
सामाजिक सञ्जालमा लेख्दै पोखरेलले महासचिव पोखरेलले कम्पनीमा आएको र खर्च गरेको पैसाका दायित्व नबुझी शेयर होल्डर हुने, मनलाग्दी खर्च गर्ने अहिले थाहा छैन भन्नु सर्वथा गलत भएको उहाँको भनाइ छ । महासचिव पोखरेलले जान्नेलाई छान्ने भन्ने राजनीतिक दर्शनका दिग्गजले वैकल्पिक राजनीतिको कस्तो विकल्प र शुसासन दिन खोजेको हो प्रष्ट भएको उल्लेख गर्नुभएको छ ।
सहकारी ठगी प्रकरणमा दोषी देखिएका लामिछानेको नाम नलिइ महासचिव पोखरेल लेख्नु भएको छ ‘कुनै कम्पनीको सिओले आफ्नो कम्पनीमा पैसा कहाँवाट आउछ र त्यसरी आएको पैसाको दायित्व के हो भन्ने जानकारी नै नराखी विना लगानी त्यसको सेयर होल्डर बन्दछ र सिओको रुपमा मनलाग्दी पैसा खर्च गर्दछ । अनि उसले गरेको त्यो काम उसको दायित्व भित्र पर्दैन भनेर जान्नेलाई छान्ने भन्ने राजनीतिक अभियानका दिग्गज अभियानकर्ताहरुले भनेको सुन्दा वैकल्पिक राजनीतिले कस्तो विकल्प र सुशासन दिन खोजेको हो स्पष्टै भयो । हैन र ?’