अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

विदेश गएका नेताका छोराछोरीलाई पार्टी काममा जोड्न महासचिव पोखरेलको निर्देशन

विदेश गएका नेताका छोराछोरीलाई पार्टी काममा जोड्न महासचिव पोखरेलको निर्देशन


दाङ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेश गएका आफ्ना छोराछोरीलाई पार्टी काममा लगाउन निर्देशन दिनुभएको छ।

गृहजिल्ला दाङको तुलसीपुरमा आज भएको लुम्बिनी प्रदेशका केन्द्रीय कमिटी सदस्यसँगको छलफलमा महासचिव पोखरेलले यस्तो निर्देशन दिनुभएको हो।

उहाँले नेपालमा हुँदा पार्टीमा रहेका नेताका छोराछोरी विदेश गएर निस्क्रिय बन्दा पार्टीलाई घाटा लाग्ने तथ्यप्रति सचेतसमेत गराउनु भयो। नेपाल हुँदा पार्टीमा रहेका नेताका छोराछोरी विदेश गएर निष्क्रिय छन्। विदेश गएका छोराछोरीमा पार्टी काममा पनि लगाउनुस्,’ महासचिव पोखरेलले भन्नुभयो ।

विदेशमा रहेको केही युवा जमातले दलहरू प्रति बिषाक्त विचार प्रवाह गरिरहेको भन्दै महासचिव पोखरेलले उनीहरूलाई सही राजनीतिक स्कुलिङ दिन विदेश भएका कार्यकर्तालाई परिचालन गर्नुपर्ने बताउनु भयो।

एमालेले ४० वर्ष मुनीका युवालाई लक्षित गरी युवाहरुको शिखर सम्मेलन राख्ने तयारी गरेको जानकारी दिँदै महासचिव पोखरेलले युवालाई आकर्षित गर्ने र पुराना कार्यकर्ताहरुलाइ जोड्ने गरी प्रभावकारी योजना निर्माण गरिने जानकारी पनि गराउनु भयो।