काठमाडौं- ट्रकको ठक्करबाट गम्भीर घाइते भएका काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ३३ वर्षीय अभय लामाको मृत्यु भएको छ ।
३२ वर्षीय लामा चढेको बाप्र०२-०२९ प ९४१५ नम्बरको मोटरसाइकललाई बाप्र ०३-००१ ख १७१५ नम्बरको ट्रकले आइतबार राति सवा ११ बजे ठक्कर दिएको थियो ।
तारकेश्वर नगरपालिका-८ डाँडागाउँस्थित सडकमा नेपालटारबाट फुटुङतर्फ जाँदै गरेका लामाला विपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो ।
उनलाई उद्धार गरी उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि बीएण्डबी असप्ताल पठाइएकोमा उपचारकै क्रममा उनको निधन भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीले जानकारी दिए ।
लामा काठमाडौं उपत्यमा ट्राफिक प्रहरी कार्यालयको मानव स्रोत व्यवस्थापन शाखामा कार्यरत थिए । रामेछाप घर भएका उनी तार्केश्वरक-७ फुटुङ बस्दै आएका थिए ।
प्रहरीले ठक्कर दिने ट्रक चालक मकवानपुरको मनहरी-५ का ३८ वर्षीय राम मोक्तानलाई नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया